नयाँ दिल्ली, २२ पुस/एएनआई
चीसोले गर्दा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।

दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्–“चीसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहने छन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चीसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसिटी) का सबै सरकारी सहायताप्राप्त, गैर–सहायताप्राप्त र सरकारी मान्यताप्राप्त निजी विद्यालयहरूले जाडो बिदा जनवरी १० सम्म लम्ब्याएका छन् ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो ।

दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसम अत्यधिक चीसो बनेको छ ।

विभिन्न स्टेशनहरूमा रेकर्ड गरिएको अधिकतम तापमानले वर्षको यस समयको लागि सामान्य दायराबाट महŒवपूर्ण प्रस्थान प्रदर्शन ग-यो ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चीसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियस हाराहारी रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागमा १३–१६ डिग्री सेल्सियसको नजीक रहने छ ।

यी क्षेत्रहरूमा चीसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड भएको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here