दिनेश मिश्र, वीरगंज, २१ पुस/
मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा विभेद हुनेगरी लिङ्ग पहिचान गरी गर्भपतनविरुद्ध प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न भएको थियो ।
लिङ्गको आधारमा भेदभाव गर्दा छोराको अनुपातमा छोरीको जन्मदर घटेको पब्लिक हेल्प नर्सिङ अधिकृत मीराकुमारी यादवले बताइन् । उनले कानून बमोजिमबाहेक लिङ्ग पहिचान गरी गर्भपतन गर्नेविरुद्घ आवश्यक नीति, योजना तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, लिङ्ग पहिचान गरी गरिने गर्भपतनका विरुद्घमा सोच र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने, छोरीको महŒवलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता सुनिश्चित गर्नुपर्ने, छोरा र छोरीको समान महŒव स्थापित गर्न किशोरी एवं महिला केन्द्रित सामाजिक तथा आर्थिक सशक्तीकरणका कार्यक्रम प्रभावकारीरूपमा समन्वय गरी कार्यान्वयन गरिनुपर्ने बताइन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यका विषयमा बृहत् अन्तत्र्रिmया भएको र विकृतिहरू न्यूनीकरण गरिएन भने आगामी दिनमा भयावह स्थितिको सामना गर्नुपर्ने बताए ।
शुक्रवार सम्पन्न कार्यक्रममा पोखरिया नगरपालिकाका उपप्रमुख रूबी ठाकुर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रलगायतको सहभागिता थियो ।