प्रस, सर्लाही, २० पुस/
बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एकजनाको मृत्यु भएको छ ।
शुक्रवार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि झडपमा परिणत भएको हो ।
आक्रोशित समूहले बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रु ग्याँससहित गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको हो । झडपको क्रममा छजना प्रहरी र दुर्ईजना स्थानीय घाइते भएका छन् ।