प्रस, वीरगंज, १५ पुस/
हरवाचरवा अधिकार मञ्च, पर्साको दोस्रो जिल्ला सम्मेलन आइतवार वीरगंजमा सम्पन्न भएको छ ।

पर्साका अध्यक्ष्F अमरदेव पासवानको अध्यक्ष्Fतामा भएको सम्मेलनको उद्घाटन मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल, नेकपा माओवादी केन्द्रका लवकुश बैठा, एकीकृत समाजवादी पार्टीका विक्रम चौरसिया, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, दलित नेता प्रभु पासवान, रोनका कार्यकारी निर्देशक हुकुमबहादुर सार्की, अधिवक्ता बालाराम भट्टराईलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । दलित नेता बृजलाल पासवानले स्वागतसहित कार्यक्रमबारे प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here