बलिराम शुक्ल, बिरुवागुठी, १५ पुस/
गतिशील व्यापार समिति पर्सागढी नगरपालिका–३ पकडिया बडनिहार बजारको पहिलो वार्षित्कोत्सवको अवसरमा आइतवार चियापान कार्यक्रम गरिएको छ ।
समितिका अध्यक्ष टीकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठकले २०३९ पुसदेखि शुरू भएको पकडिया बडनिहार बजार ऐतिहासिक रहेको बताए । उनले नयाँ पुस्ताका व्यापारीहरूले स्वस्फूर्तरूपले व्यापारीहरूको हकहितको लागि गठन गरेको व्यापार समितिलाई सहयोग गर्ने बताए ।
नगरप्रमुख पाठकले पर्सागढीको मुख्य बजार विकासको लागि सडक पूर्वाधारको विकासलाई जोड दिइने बताए । उनले नगरपालिकाको नगर योजनाबाट छ स्थानमा कालोपत्रको सुरुआत गरिएको बताए ।
कार्यक्रममा वडाध्यक्ष सुकमान तामाङ, वडा नं ३ का पूर्वअध्यक्ष उद्धव उप्रेती, व्यापार समितिका सल्लाहकार वसन्तप्रसाद आचार्यलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष विकास गुरुङ र सहजीकरण सचिव बलिरामकुमार शुक्लले गरेका थिए । कार्यक्रममा व्यापारी, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मीलगायतको सहभागिता थियो ।