प्रस, वीरगंज, १४ पुस/
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री सांसद वीणा जयसवालले राप्रपाले देशलाई निकास दिने बताएकी छन् ।

वीरगंज महानगरपालिका–२१ लिपनीबिर्ताको वडा अधिवेशन उद्घाटन गर्दै उनले अहिले देश जुन बाटोबाट हिंडिरहेको छ, यसले जनतालाई सुशासनको प्रत्याभूति हुन नसकेको बताइन् । उनले भोलि देश कता जाला भन्ने अन्योलको स्थिति रहेको र यो अन्योलको अवस्थाबाट देशलाई राप्रपाले मात्र निकास दिन सक्ने बताइन् । उनले नेपाली राजनीतिमा राप्रपा एउटा प्रबल विकल्प भएकोले आगामी चुनावमा तराई–मधेससँगै देशभरि राप्रपालाई बलियो बनाएर लैजानुपर्ने बताइन् ।

उनले शुक्रवार काठमाडौंमा भएको झडप र गोली प्रहारबाट दुईजना युवकको मृत्यु भएको कारणले सरकारको चौतर्फी आलोचना भइरहेको बताइन् । उनले अहिले गठबन्धनको सरकार चलाउनेहरू आत्माबाटै सच्चिन आवश्यक रहेको बताइन् ।

वडा अधिवेशनले ऋषि श्रीवास्तवको अध्यक्षतामा ५५ सदस्यीय वडा एकाइ समिति चयन गरेको छ । एकाइ समितिको उपाध्यक्ष महेन्द्रराउत कुर्मी, सचिव रामएकबालराउत कुर्मी, कोषाध्यक्ष राजेशप्रसाद कुर्मीलगायत छन् । यसैगरी, द्रौपदी देवीको अध्यक्षतामा १९ सदस्यीय वडा महिला समिति चयन भएको छ ।

राप्रपा वीरगंज महानगर अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न अभिवेशनको उद्घाटन सत्रमा राप्रपा मधेस प्रदेश कोषाध्यक्ष जगरनाथ राउत कुर्मी, राप्रपा पर्सा उपाध्यक्षद्वय रामअयोध्या राउत कुर्मी र नीरा झा, कोषाध्यक्ष रामेश्वर महतोलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पन्नालालराउत कुर्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here