प्रस, वीरगंज, १२ पुस/
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कानून पालना गराउन कडारूपमा प्रस्तुत हुने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रजिअ भुसालले लामो समयदेखि स्वास्थ्य तथा उद्योग क्षेत्रमा काम गरी हालै गृह प्रशासनर्फ आएकोले प्राविधिक कुरा थाहा रहेको बताए । पर्सामा देखिएका समस्या सञ्चारकर्मीले सत्यतथ्य प्रकाशन गरे जिप्रका, पर्सालाई सहयोग पुग्ने बताए ।
उनले गृह प्रशासनले जिल्ला प्रशासनलाई दिएको म्यान्डेट अन्तर्गत नागरिकता, सामान्य उजूरी, मिटर ब्याजसम्बन्धी उजूरी, हातहितयार, नागरिकताजस्ता प्रत्यक्ष जनतासँग जोडिएको काम भएकोले छिटो कार्य सम्पादन हुने बताए ।
प्रजिअ भुसाल आएपछि हिजो उद्योगी व्यापारीसँग तथा आज राजनीतिक दलसँग छलफल गरी पर्साको शान्ति सुरक्षा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे बुझ्ने कार्य भइरहेको बताए । नागरिकता प्रतिलिपि शाखा तथा नागरिकता लिन लाग्ने भीड र उनीहरूलाई दिइने सेवा कसरी सहज बनाउन सकिन्छ भन्नेबारे कर्मचारीसँग छलफल गर्ने बताए ।
छलफलको क्रममा सञ्चारकर्मीहरूले मिटरब्याजको उजूरी हेर्दा दलालहरू बढी प्रवेश गरी कर्मचारीलाई प्रलोभनमा पार्दा न्याय हुन नसकेको बताए । पर्साका सरकारी कार्यालयहरू अहिले पनि सञ्चारमैत्री नभएको गुनासो पत्रकारहरूले गरेका थिए । सबै कार्यालयमा सूचना अधिकारी रहे तापनि सूचना अधिकारीले सूचना नदिने, विभिन्न बहाना बनाउने, मोबाइल नउठाउनेलगायत समस्या रहेको बताएका थिए ।
अन्तत्र्रिmयाको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल तथा स्वागत मन्तव्य नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले गरेका थिए ।