दिनेश मिश्र, वीरगंज, १० पुस/

पोखरिया नगरपालिकामा जारी पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल मङ्गलवार सम्पन्न भएको छ ।

शनिवारको दोस्रो सेमिफाइनल विवादका कारण स्थगित भएको थियो र सोमवार विवाद साम्य गरिएपछि आज दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको र कालिकामाई गाउँपालिकाले विन्ध्यवासिनी गापालाई पराजित गरी फाइनलको यात्रा तय गरेको छ ।

टस जितेर ब्याटिङ गरेको विन्ध्यवासिनी गापाले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । प्रतिउत्तरमा कालिकामाई गापाले १७.५ ओभरमा छ विकेट गुमाइ १५७ रन बनाएर जीत हासिल गर्दै फाइनलको यात्रा सुरक्ष्Fित ग¥यो । प्रतियोगितामा कालिकामाई गापाका कप्तान अर्जुन शर्मा २० बलमा ४६ रन बनाएर ‘म्यान अफ दी म्याच’ घोषित भए । प्रतियोगिताको फाइनल खेल आगामी शनिवार पुस १४ गते आजको विजेता कालिकामाई तथा पोखरिया नगरपालिकाबीच हुने आयोजक कमिटीका अध्यक्ष सियानन्द चौहानले बताए ।

चौहान वडाध्यक्ष्F हुन् र उनी कालिकामाई गापा टीमका कप्तान पनि हुन् । उनीसँगै गत शनिवार स्थानीय राकेश महतोको विवाद भएको थियो । विवादपछि गाउँमा ठूलो भीडन्त पनि भयो र प्रहरी परिचालन भएर विवाद साम्य गर्नुपरेको थियो । हिजो दुवै पक्षले आआफ्नो गलती स्वीकारेपछि आजको खेल भएको हो । प्रतियोगितामा फाइनल विजेतालाई एक लाख र उपविजेतालाई रु ५० हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here