प्रस, वीरगंज, ९ पुस/
वीरगंज महानगरको रानीघाटस्थित मठको पर्खाल स्थानीयको एउटा समूहले सोमवार बिहान भत्काएको छ । छठ मनाइने घाटसँगै खाली जग्गालाई घेर्न लगाइएको पर्खाललाई स्थानीयहरूले भत्काएका हुन् ।
केही व्यक्तिहरूले जबरजस्ती घाटको जग्गालाई आफ्नो बताउँदै सो क्षेत्रमा पर्खाल घेरेको स्थानीयले बताए । घाटको जग्गा अतिक्रमणमुक्त गराउन पर्खाल भत्काइएको उनीहरूको भनाइ छ ।
श्रीसिया नदीसँगै जोडिएको रानीघाट मठमा प्रत्येक वर्ष मधेसी समुदायले छठ मनाउने गर्छ ।