प्रस, पर्सागढी, ९ पुस/
पर्सागढी नगरपालिकामा तीलगङ्गा आँखा अस्पतालको सहयोग तथा वीरगंज सामुदायिक आँखा केन्द्रको आयोजना र पर्सागढी नपाको समन्वयमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा २२५ जनाको आँखा परीक्षण गरिएको र ९५ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । नयना यादव, गौरीशङ्कर गुप्ताले आँखा परीक्षण गरेका थिए भने जीतेन्द्र कुमारले प्रFविधिक सहयोग पु¥याएका थिए । मोतीबिन्दुको समस्या भएका ९५ जनाको भोलि पुस १० र पर्सि ११ गते वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले बताए ।
यसअघि, नगरपालिका कार्यालय हरपुरमा आयोजित शिविरको उद्घाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले पर्सागढीमा कृषिकर्म गर्नेहरू बढी भएको र उनीहरूमा आँखाको समस्या बढी हुने गरेको कारण बेला बेलामा शिविर आयोजना गरिएको बताए । कृषिकर्म गर्दा आँखामा धूलो पस्ने, घामले आँखालाई असर पार्नेलगायतका कारणले आँखा रोगीहरू बढेका हुँदा शिविर आयोजना गर्दै आएको बताए ।