प्रस, वीरगंज, ९ पुस/
सामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा वीरगंज महानगर–१८ सौराहाको दुर्गा मन्दिर परिसर सरसफाइ गरी वृक्षारोपण गरिएको छ ।
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी हवल्दार लालुमाया महतो, निर्मल ताम्राकार, जगत राई, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीलगायतले दुर्गा मन्दिर परिसर सरसफाइ गरी वृक्षारोपण गरेका थिए ।