प्रस, वीरगंज, ९ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा भन्सार छली अवैधरूपमा नेपाल भिœयाएको एक करोड एक लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय चलान गरेको जनाएको छ ।
असोजदेखि पुस ५ गतेसम्म इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाले एक करोड एक लाख ५८ हजार सात सय मूल्य बराबरको प्याज नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज, पर्सा र राजस्व कार्यालय पथलैया, बारा बुझाइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।