प्रस, निजगढ, ८ पुुस/
निजगढ नगरपालिकाबाट दैनिक उत्सर्जित हुने फोहोरमैला जम्मा गरिने डम्पिङ साइटमा दुुई दिनदेखि लागेको आगो नियन्त्रणमा आएको छैन । बकैयापुुलदेखि तीन सय मिटर दक्षिण र राष्ट्रिय वन क्षेत्रनजीकैको बकैयाखोला बगरमा फालिएको फोहोरको थुुप्रोमा सल्केको आगोलाई निभाउन निजगढ नगरपालिकाले बेवास्ता गरेको हो ।

फोहोरको थुप्रोमा लागेको आगोले बकैयाटोल, शान्तिटोल, बजारटोल, तेस्रोलाइन, ठाडोलाइन, शहीदचोक हुँुदै प्रदूषित धूवाँले निजगढ ढाके पनि बेखबर रहेको निजगढ नगरपालिकालाई स्थानीयले आगो निभाउन पटकपटक आग्रह गरेका थिए । डम्पिङ साइटको आगो निभाउन नगरपालिकाको वारुणयन्त्रसहित कर्मचारी, सशस्त्र प्रहरीले आज बिहान लगभग दुुई घण्टा आगो निभाउने प्रयास गरे पनि पूर्णरूपमा नसकेपछि फर्किएका थिए ।

दिउँसोबाट आगो पुनः सल्किंदै धूवाँको मुुस्लोले निजगढ ढाकेपछि नगरप्रमुुख सुुरथ पुुरी सशस्त्र प्रहरी सुुरक्षा बेस निजगढ पुगी त्यहाँको वारुणयन्त्रलाई आगो निभाउन पठाएका थिए । फोहोरको थुुप्रो रहेकोले वारुणयन्त्रले पानी हालेर मात्रै आगो नियन्त्रणमा नआउने भएपछि भ्याकुलोडर वा एक्साभेटरको समेत प्रयोग गर्नुपर्ने देखिएको सशस्त्र प्रहरी सुुरक्षा नेपाल, विपद् व्यवस्थापन बेस निजगढका प्रमुख एव प्रहरी नायब उपरीक्षक दिनेश शर्माले जानकारी दिए ।

ग्रीन क्लिन सिटी हेटौंडाले निजगढ नगरको फोहोरमैला पाँच वर्षसम्म दैनिक व्यवस्थापन गर्न रु ५० लाखमा ठेक्का सकार गरेको थियो । सो संस्थाको सम्झौता अवधि अझै दुई वर्ष बाँकी छ । फोहोरको थुप्रोमा आफ्ना कामदारहरूले आगो नलगाएको संस्थाका अध्यक्ष नवराज खतिवडाले बताए । जाडोयाममा फोहोरको थुुप्रोमा अज्ञात व्यक्तिले आगो लगाएर हैरानी बनाउने गरेको संस्थाका अध्यक्ष खतिवडाले बताए ।

फोहोरको थुुप्रोमा आगो लगाएर खरानी बनाउँदै फोहोरको डङ्गुुर घटाउनु नपर्ने गरी नगरपालिका र ठेकेदारको मिलेमतोमा आगो लगाउने गरिएको स्थानीयहरूले आशङ्का व्यक्त गरेका छन् ।

सो धूवाँले मानव स्वास्थ्यमा नराम्ररी प्रभाव पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । रुघा, खोकी, दम, सास फेर्न गा¥हो हुुने, क्यान्सरसम्मको रोग लाग्न सक्ने सम्भावना हुुने भन्दै प्लास्टिकजन्य कुुनै पनि वस्तुहरू जलाउन नहुने स्वास्थ्यकर्मीले बताए ।

निजगढ नगरपालिकाले बगरमा बनाएको डम्पिङ साइट वन तथा वातावरणको हिसाबले पूूर्णरूपमा कानूनविपरीत छ । वन क्षेत्रनजीकै फालिएको फोहोर चराचुुरुङ्गी, वन्यजन्तुुहरूले खाने हुँुदा उनीहरू बिरामी पर्न सक्ने, धूवाँले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्ने र वनजङ्गलका बोटबिरुवालाई समेत असर गर्ने डिभिजन वन कार्यालय बाराका प्रमुुख एवं डिएफओ विनोद सिंहले बताए ।

निजगढ नगरपालिकालाई वन तथा वातावरणमा असर गर्नेगरी फोहोरमैला वन क्षेत्रमा डम्पिङ नगर्न पत्राचार गर्ने डिवका प्रमुख सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here