प्रस, सेढवा, ३ पुस/

चीसोको कारण पर्साका ग्रामीण क्षेत्रमा बालबालिकाहरू घाम तापेर छ महीने अर्धवार्षिक परीक्षा चौरमा दिइरहेका छन् । 

कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूलाई घामको न्यानो प्रदान गर्दै परीक्षा लिएको जगरनाथपुर गापा–३ गढैयास्थित बाबा बैधनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक बादशाह साहले बताए । उनले विद्यालयको भौतिक संरचना पनि नभएकोले चौरमा घाम तापेर परीक्षा लिनुपरेको बताए ।

पर्साको ग्रामीण क्षेत्रका पालिकाहरूमध्ये ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापा र पर्सागढी नपाका सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा मङ्सिर २८ गते नै समाप्त भइसकेको छ भने जीराभवानी, जगरनाथपुर, धोबिनी, पकहामैनपुर र छिपहरमाई गापामा आज सकिएको छ । भौतिक संरचना भएका विद्यालयहरूले कक्षा कोठामैं राखेर अर्धवार्षिक परीक्षा लिएका र भौतिक संरचना नभएका विद्यालयहरूले चौरमा घाम तपाएर बालबालिकाहरूको परीक्षा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here