उलान बातोर, २ पुस/सिन्ह्वा

मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरू गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमवार जनाए अनुसार जाडो मौसम र फ्लूको उच्च प्रकोपका कारण, पहिलोदेखि पाँचौं कक्षाका सबै विद्यार्थीहरूका लागि सोमवारदेखि दुई हप्तासम्म अनलाइन कक्षा सञ्चालन गरिने छ ।

साथै ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरूका लागि डिसेम्बर २५ देखि जाडो बिदाको शुरूआतसम्म चल्ने अनलाइन कक्षाहरू एक हप्तासम्म चल्नेछन् । गत हप्ताको शुरूदेखि रूसको साइबेरियाबाट शुरू भएको कडा चीसो फ्रन्टले मङ्गोलियाका व्यापक क्षेत्रमा फैलिरहेको छ, जसले तापमान घटेको छ भने कडा हावा र हिमपात ल्याएको छ ।

देशभरका अस्पतालहरूमा विशेषगरी विश्वको सबैभन्दा चीसो राजधानी शहर र देशको झन्डै आधा बाल जनसङ्ख्या रहेको उलान बाटोरमा बालबालिकाका वार्डहरूमा मौसमी फ्लूको प्रकोप उल्लेखनीय बढेको कारण भीडभाड बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्गोलियामा जाडोमा माइनस २५ डिग्री सेल्सियसको तापक्रम सामान्य मानिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here