सातवटा सालको गोलिया बरामद

प्रस, पर्सागढी, २० मङ्सिर/ पर्सागढी नगरपालिका–१ कोइलाभार टोलमा परालको टालमा लुकाएर राखिएका सातवटा सालका गोलिया प्रहरीले बरामद गरेको छ । राष्ट्रिय वनजङ्गलबाट चोरी भण्डारण गरिराखेको अवस्थामा सूचनाको आधारमा प्रहरी चौकी मनवा र इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले सो गोलिया बरामद गरेको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय, सखुवनियामा राखिएको प्रहरी निरीक्ष्Fक रामराजा केशरीले बताए । […]

मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु

प्रस, सेढवा, २० मङ्सिर/ पर्साको जीराभवानी गाउँँपालिकामा हिजो मङ्गलवार साँझ मोटरसाइकल दुर्घटनामा परी एकजना भारतीय नागरिकको मृत्यु भएको छ । जीराभवानी गाउँँपालिका वडा नं १ मा पर्ने हुलाकी सडकखण्डको ललितपुर गाउँनजीक हिजो बेलुकी ७ बजे बीआर २२ एजे ७७८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा भारत बिहार बैरिया गाउँ बस्ने वर्ष ४२ का रामजी ठाकुरको […]

बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’

गण्डकी, २० मङ्सिर/रासस नेपाली कलाकार अभिनीत तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायतका भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ । बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फेब्रुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए । प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले बताए । फिल्ममा अधिकारीसँगै आँचल शर्मा, […]

आयुर्वेदिक जुसप्रति स्थानीयको आकर्षण बढ्दो

वीरगंज (पर्सा), २० मङ्सिर/रासस न ठूलो पूँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगंज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी गरिरहेका छन् । उनको कमाइको स्रोत कुनै जागीर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगंजमा आयुर्वेदिक जुसवालाका रूपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडीअर्वा पोखरीको किनारामा […]

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं, २० मङ्सिर/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार ८४१ दशमलव ०४ बिन्दुमा कायम भएको हो । आज ३७ लाख ५५ हजार १२४ कित्ता शेयर खरीद–बिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ बराबरको कारोबार भएको छ […]

एनसेल खरीद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौं, २० मङ्सिर/रासस दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरीद–बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद् अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले बुधवार यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरीद–बिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखितरूपमा पेश […]

‘नहुने भो राजा र रानीको भेट’

धनकुटा, २० मङ्सिर/रासस “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो,” धनकुटाको चौबीसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ । यही प्रसिद्धिका कारण साबिक राजारानी गाउँपालिकाको नाम स्थानीय भाषामा मावरकरपावरक भनिने राजारानी तालबाट […]

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम, २० मङ्सिर/रासस यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई बुधवार सम्मान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित प्रशिक्षण र उपयुक्त पूर्वाधारसहितको खेलमैत्री […]

उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

सोल, २० मङ्सिर/एएफपी मे महीनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे । सन् १९५० को दशकमा युद्धका कारण कोरियाली प्रायद्वीप विभाजन भएपछि हजारौं उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए । […]

ड्रैगन फ्रूटका फाइदा

अहिले बजारमा ड्रैगन फ्रूट पाइरहेको छ । यसको रङ्गको कारण यसलाई ड्रैगन फ्रूट भनिएको हो । यसले शरीरबाट थुप्रै विकार हटाउनुका साथै शरीर स्वस्थ बनाउँछ । ड्रैगन फ्रूटमा प्रोटीन, फाइबर, वसा, कार्बोहाइडे«ट, खनिज, क्याल्शियम, आयरन, म्याग्निशियम, सोडियम, फोलिक एसिड, भिटामिन ई, सी आदि पाइन्छन् । यो फल सबै रोगको लागि रामबाण मानिएको छ । यसले […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।