सिलाइकटाइ तालीम सम्पन्न

प्रस, परवानीपुर, १९ मङ्सिर/ ‘सीप सिकौं, रोजगार गरौं’ नाराका साथ ४५ दिने (९० घण्टे) सिलाइकटाइ तालीम मङ्गलवार सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी समापन भएको छ । वीरगंज महानगरपालिका २५ नं वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र, वीरगंजको आयोजनामा सो तालीम समापन भएको हो । तालीम समापन कार्यक्रममा वडाध्यक्ष आशुतोष चतुर्वेदीले आफ्नो वडाका महिलाहरूको क्षमता […]

करेन्ट लागेर एकजनाको मृत्यु

प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/ करेन्ट लागेर पटेर्वासुगौली गाउँपालिका–५ मा एकजना व्यक्तिको मृत्यु भएको छ । भिलोरको रूखमा चढेर पात टिप्ने क्रममा रूखछेउमा रहेको ११ हजार भोल्टको तारमा टाँसिएर पटेर्वासुगौली गापा–५ मनिहर्वा बस्ने चोकट साह तेलीको घटनास्थलमा नै मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको स्थानीय शिक्षक हरिराजप्रसाद यादवले बताए । इलाका प्रहरी कार्यालय, पोखरिया र […]

विमानस्थल बनाऔं ऋणको मूल फुटाऔं

• विनोद गुप्ता देशमा अहिले तीनवटा अन्तर्राष्ट्रियबाहेक ५३ वटा आन्तरिक विमानस्थल छन् । यी ५३ मध्ये ३१ वटा मात्र सञ्चालनमा रहेका, १८ वटा प्रयोगविहीन र चारवटा निर्माणाधीन अवस्थामा छन् । सञ्चालनमा रहेका दुईवटा क्ष्Fेत्रीय अन्तर्राष्ट्रिय भनिएको पोखरा र भैरहवाका साथै १४ वटा आन्तरिक विमानस्थल घाटामा नै रहेको छ । पूर्वको ताप्लेजुङ, इलाम, झापा र मोरङमा […]

सुरक्षित गर्भपतन

हाम्रो मुलुकमा कानूनीरूपले ‘सुरक्षित गर्भपतन’ शुरू भएको २० वर्ष पुगिसक्यो । २०५९ असोज १० गते गर्भपतनले कानूनी मान्यता पाएको हो । नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था छ । गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ पतन गराउन पाइन्छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा १८ हप्तासम्म र गर्भपतन नगराएमा गर्भवती […]

नेपाल–भारत सम्बन्ध : फेरिंदो भारतीय चासो

• जगदीशप्रसाद शर्मा भारतीय दूतावास काठमाडौंको आमन्त्रण र एउटा एनजिओको व्यवस्थापनमा भर्खरै नेपाली पत्रकारहरूको एउटा टोली भारतको विभिन्न स्थानमा भ्रमणका लागि गएको थियो । एक हप्ते कार्यक्रममा धेरै समय घुमफिर र दुई दिन वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्ध कसरी अझ सुदृढ हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । भारतका विभिन्न मन्त्रालय, खासगरी नेपाल हेर्ने विदेश […]

एनसेलको शेयर खरीद–बिक्रीपछि उब्जिएका प्रश्न

काठमाडौं, १९ मङ्सिर/रासस दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेशियाली कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको […]

लागूपदार्थ दुव्र्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान

महोत्तरी, १९ मङ्सिर/रासस नेपाल प्रहरीले मधेस प्रदेशमा लागू पदार्थ दुव्र्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागू पदार्थको दुव्र्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेज कार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’ अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय, जनकपुरधामले जनाएको हो । अभियानलाई ‘एन्टी ड्रग क्याम्पनिङ’ भनिएको छ । यसै साताको प्रारम्भमा […]

मुटुको ढुकढुकी तीव्र हुनुको कारण

आजको समयमा मुटुको रोग बढ्न थालेको छ । प्रायः चलचित्रमा मुटुको ढुकढुकी तीव्र हुनु प्रेमको अनुभूति बताइन्छ तर वास्तविक जिन्दगीमा विपरीत हुन्छ । यो प्रेमको अनुभूति नभई गम्भीर समस्याको सङ्केत हुन सक्छ । यस रोगलाई एट्रियल फिब्रिलेशन भनिन्छ । यो मुटुको ढुकढुकीसँग सम्बन्धित रोग हो, जुन आज लाखौं व्यक्तिलाई प्रभावित गरिरहेको छ । एट्रियल फिब्रिलेशन […]

बेलायतमा अध्यागमनमा कडाइः अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

लन्डन, १९ मङ्सिर/एएनआई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमवार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकका ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पु-याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ । नयाँ उपायहरूका शृङ्खलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन्, तबसम्म […]

मैक्युलर एडिमा के हो ?

मानव शरीरको पाँच इन्द्रियमध्ये सबैभन्दा महŒवपूर्ण इन्द्रीय हो– आँखा । रेटिना एउटा कोमल परत हो र यसले हामीलाई दुनियाँका विभिन्न वस्तु हेर्न मदत गर्छ । बदलिंदो जीवनशैली र स्वास्थ्यलाई बेवास्ता गर्दा रेटिना र आँखासम्बन्धी रोग बढ्छ । रेटिना के हो ? रेटिना हाम्रो आँखाको पछाडि भित्री भागमा मौजुद एउटा परत हुन्छ, जुन क्यामराको फिल्मजस्तो काम […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।