प्रस, वीरगंज, १५ मङ्सिर/
वीरगंजमा तीनवटा भोजपुरी भाषामा लिखित पुस्तकको विमोचन भएको छ । मधेस विश्वविद्यालय वीरगंजको सभाहलमा आयोजित समारोहमा उक्त पुस्तकहरूको विमोचन भएको हो । तीन पुस्तकमध्ये भोजपुरी वर्णविन्यास र भोजपुरीके आदिम धरोहर डा गोपाल ठाकुर र गोपाल अश्कले लेखेका हुन् भने नेपालमे भोजपुरी पुस्तक ठाकुर, अश्क र रितेश त्रिपाठीले लेखेका हुन् ।

भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार एवं भाषा आयोगका सदस्य गोपाल अश्कको अध्यक्षता तथा पत्रकार त्रिपाठीको सहजीकरणमा प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डा ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार डा विश्वम्भर शर्मा, रामप्रसाद साह, मधेस विश्वविद्यालयका रजिस्ट्रार विजयकुमार यादव, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, शिक्षाविद् राजेन्द्र कोइराला, नेपाल भोजपुरी समाज, वीरगंजका अध्यक्ष ध्रुवसिंह ठकुरीलगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा ठाकुरले भोजपुरी भाषा आठौं शताब्दीदेखि प्रचलनमा देखिएको प्रमाण भेटिएको तर जुन हिसाबले अनुसन्धान हुनुपर्ने हो सो नभएको जानकारी गराए । उनले सामथ्र्यको हिसाबले भोजपुरी एउटा असीमित दायरा भएको भाषा भए तापनि अहिले पनि भोजपुरी कृतिहरू पर्याप्त नरहेको जिकिर गरे । उनले भोजपुरीमा अवसरसमेत थुप्रै रहे तापनि लेखकहरूको कमी रहेको जानकारी गराए । नयाँ विमोचित पुस्तकहरू भोजपुरी साहित्यको लागि कोसेढुङ्गा साबित हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here