प्रस, वीरगंज, १५ मङ्सिर/
जीतपुरसिमरा उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीया विन्दा देवीले आगो लगाएर आत्महत्या गरेकी छन् ।
इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले उनको मानसिक अवस्था ठीक नरहेको र कोठामा आगो लगाएर आत्महत्या गरेकी प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
बिहीवार राति करीब आठ बजे उनले शरीरमा आगो लगाएकी र घरपरिवारका सदस्यहरूले देखेर
उद्धार गरी नारायणी अस्पतालमा भर्ना गरेको प्रनाउ क्षेत्रीले बताए ।
नारायणीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडांै लैजाने क्रममा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ । प्रनाउ क्षेत्रीले घटनाबारेमा थप अनुसन्धान जारी रहेको
बताए ।