प्रस, वीरगंज, १० मङ्सिर/
गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति, बरियारपुर, बाराका कोषाध्यक्ष्F महेश जैसवालले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी वडा कार्यालयले मन्दिरको नम्बरी जग्गा अतिक्रमण गरेको आरोप लगाएका छन्।
उनले बलिको लागि विश्वविख्यात गढीमाई मन्दिरको पञ्चवर्षीय मेलापछि समितिले जग्गा खरीद गर्दै आएको र यसरी खरीद गरिएको जग्गामध्ये महागढीमाई नगरपालिका–१ का वडाध्यक्ष मनोज गुप्ताले वडा कार्यालय निर्माणका लागि साढे चार कट्ठा जग्गा अतिक्रमण गरेको बताए।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरेर उनले वडाध्यक्ष्Fले मन्दिरको जग्गा संरक्षण गर्नुपर्नेमा उल्टो वडा कार्यालय भवन निर्माण गरेर अतिक्रमण गरेको भन्दै आपत्ति जनाए। मन्दिर क्ष्Fेत्रको मुख्य भाग एवं गढीमाई पञ्चवर्षीय मेलाको केन्द्रबिन्दुमा पर्ने क्ष्Fेत्रमा वडाध्यक्ष्F गुप्ताले मन्दिरको नाममा रहेको कित्ता नं ३६७ को चार कट्ठा १० धुर जग्गा अतिक्रमण गरेर वडा कार्यालय निर्माण गरिरहेको बताए। उनले वडा कार्यालयको निर्माण अन्यत्र सार्वजनिक जग्गामा गर्न सकिने भएपनि वडाध्यक्षले मन्दिरले खरीद गरेको जग्गा कब्जा गरेकोमा आपत्ति जनाए।
उनले हिन्दू धर्मावलम्बीहरूको चन्दाबाट समितिले खरीद गरेको मन्दिरको जग्गा अतिक्रमण गरी निर्माण कार्य गर्नु वडाध्यक्षको गैरजिम्मेवारीपन भएको टिप्पणी गरे। गढीमाई क्ष्Fेत्र धार्मिक पर्यटनको रूपमा विकास भइरहेकोमा वडा कार्यालय भवन निर्माणले बाधा पु–याउने उनको जिकिर थियो। उनले सरोकारवाला सबै सङ्घसंस्था, धार्मिक सङ्गठन, बुद्धिजीवी, पत्रकार र हिन्दू धर्मावलम्बीहरूलाई वडाध्यक्ष्Fको गलत कार्यको विरोध गर्न आग्रह गरेका छन्।
वडाध्यक्ष्F मनोज गुप्ताले कोषाध्यक्ष जैसवालकै सहमतिमा भवन निर्माण गरिरहेको दाबी गरे। उनले भवन निर्माणको लागि नगरपालिकाले टेन्डर गरेर वडा कार्यालयले भवन निर्माण गरेको बताए। भवन निर्माणपूर्व बसेको नगरपालिकाको बोर्ड बैठकमा जैसवालले सो जग्गा उपलब्ध गराउन सिफारिशपत्रमा हस्ताक्षर गरेको र बजेट विनियोजन गर्न पनि उनले सहमति जनाएको बताए। उनले अहिले आएर के कारणले विरोध गरेका हुन्, आपूmलाई थाहा नभएको बताए।