नरेश यादव, पर्सागढी, १० मङ्सिर/

जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाइकल चोरीका घटना बढेको छ। दैनिक मोटरसाइकल चोरीका घटनाहरू भइरहे पनि यसबारेमा प्रहरीले अनभिज्ञता जाहेर गरेको छ।

इलाका प्रहरी कार्यालय, जीतपुरले मोटरसाइकल चोरीका घटना सम्बन्धमा अनभिज्ञता जाहेर गरेको छ। सो कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाश खड्काले आफू कार्यालयमा तीन दिनअघि मात्र आएको र यसबारेमा जानकारी लिने बताए। उनले मोटरसाइकल चोरीका घटनाबारेमा बुझ्ने र आवश्यक कारबाई गर्ने बताए।

वडा नं ७ का अध्यक्ष सुनीलकुमार गुप्ताले शनिवार एकै दिन दुईवटा मोटरसाइकल चोरी भएको र छठको दिन तीनवटा मोटरसाइकल चोरीका घटना भएको जानकारी गराए। उनले जीतपुर बजारबाट मोटरसाइकल चोरीका घटना हुने गरेको र यसबारेमा प्रहरी तदारूकता कमजोर देखिएको आरोप लगाए। 

बारा जिल्लाको जीतपुर बजारमा पर्सा जिल्लाका पूर्वी र उत्तरी भेगका मानिसहरू सामान खरीद गर्न आउने गरेका छन्। यसैगरी, बारा जिल्लाको बकुलियालगायतका क्षेत्रबाट जीतपुरमा मालसामान खरीदका लागि मानिसहरू आउने गर्छन्। वीरगंजपछि जीतपुर बजार चर्चित छ। भीडभाड हुने कारणले यहाँबाट मोटरसाइकल चोरीका घटना बढेको वडाध्यक्ष गुप्ताको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here