प्रस, वीरगंज, १० मङ्सिर/
मुम्बई हमलाको १५औं वार्षिकोत्सवमा राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ।
अभियानका अध्यक्ष विनय यादवले आतङ्कवाद नेपालको राष्ट्रिय सुरक्षाको चुनौती रहेको भन्दै सतर्क रहनुपर्ने बताए। उनले पाकिस्तानसँग आतङ्कवाद रोक्न र मानव अधिकारको पालना गर्न र हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गरे। राष्ट्रिय एकता अभियानका समर्थकहरूले आतङ्कवादलाई समर्थन गर्नु अपराध हो, जुन विश्वका लागि खतरा भएको बताए। अभियानद्वारा हिन्दू समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नसमेत आह्वान गरिएको छ।