प्रस, वीरगंज, ७ मङ्सिर/
हेल्पिङ लाइभ्स लन्डनको आर्थिक सहयोग तथा इन्टरनेशनल युथ सोसाइटी नेपालको समन्वय र पिस फर दलित्स फाउन्डेशन नेपाल मधेस प्रदेश, पर्साको सहजीकरणमा जिल्लाका अतिविपन्न, गरीब, मुस्लिम, दलित, बालबालिकाका लागि शैक्षिक सामग्री तथा आहार वितरण कार्यक्रम सम्पन्न भएको छ।
हेल्पिङ लाइभ्स लन्डनका संस्थापक अध्यक्ष जावेद अख्तर, इन्टरनेशनल युथ सोसाइटी नेपालका अध्यक्ष डा पियारत्न महर्जनलगायतको टोलीले पर्सा जिल्लाका वीरगंज मनपा–१९ विन्ध्यवासिनी, केहुनिया र सखुवाप्रसौनी गापा–३ कौवा वनकटैया र वडा नं ५ महुवनमा गरी ५६० जना अतिविपन्न, मुस्लिम, दलित बालबालिकाहरूलाई शैक्षिक सामग्री र आहार वितरण गरेको थियो।
छवटा कापी, दुईवटा कलम, तीनवटा सीसाकलम, दुईवटा कटर, इरेजर, चारवटा चाउचाउ र बिस्कुट वितरण गरिएको पिस फर दलित्स फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए।
दलित अभिभावक सङ्घकी अध्यक्ष उर्मिलादेवी मुसहरको अध्यक्षतामा भएको कार्यक्रममा नीना राई, रिजना चौलागाईं, दलित दबाब समूहका अध्यक्ष चोकट राम, नीलावती देवी, दीपेन्द्र राम, श्रीकान्ति देवी, संयोग राम, अशोक राम, श्रवण साह तेली, विनोद रामलगायतको सहभागिता थियो।