प्रस, परवानीपुर, २४ कात्तिक/

कारोबारमा कमी आएसँगै गोल्डेन ओक उत्पादक हिमालयन डिस्टिलरीको नाफा साँघुरिएको छ ।

वीरगंज–२१ परवानीपुरमा सञ्चालनमा रहेको उद्योगले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपियाँँ खुद नाफा आर्जन गरेको छ । यो पोहोरको तुलनामा ५१.२४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष असोजसम्म कम्पनीले २१ करोड ५७ लाख रुपियाँँ खुद नाफा कमाएको थियो ।

आम्दानी घटेसँगै खुद नाफामा गिरावट आएको हो । यसै समीक्षा अवधिमा कम्पनीको बिक्री २९.७० प्रतिशतले घटेको छ ।

पोहोर असोजमा एक अर्ब ३८ करोड रुपियाँँ आम्दानी गरेको कम्पनीले यस पटक ९७ करोड १८ लाख रुपियाँँ बिक्री वितरणबाट आम्दानी गरेको छ । कम्पनीको सञ्चालन मुनाफा ४८.५५ प्रतिशतले घटेको छ ।

आर्थिक मन्दीले उपभोग्य वस्तुको मागमा ¥हास आएको कम्पनीले जनाएको छ ।

चर्काे ब्याजदर र महँगीले लागत ह्वात्तै बढेको हो । सर्वाेच्च अदालतले मदिराको विज्ञापन निषेध गरेपछि सर्वसाधारणमा उत्पादनको पहुँच बढाउन पनि कठिन भएको कम्पनीले उल्लेख गरेको छ ।

तर यसपटक कम्पनीको उत्पादन तथा बिक्री वितरण लागत र ब्याज भुक्तानी दुवै घटेका छन् ।

तैपनि नाफामा गिरावट छ । भुक्तानी हुने रकम ६९.२९ प्रतिशतले घटेको छ । ऋण पनि घटेको देखिन्छ ।

असोजसम्म यस कम्पनीको प्रतिशेयर नेटवर्थ १४२.४१ रुपियाँँमा सीमित छ । प्रतिशेयर आम्दानी घटेर १७.३२ रुपियाँँमा झरेको छ । कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here