प्रस, वीरगंज, ३ कात्तिक/

जिल्ला प्रहरी कार्यालय, बाराले नक्कली पत्रकार र नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

दर्ता नै नभएको अनलाइन न्यूज पोर्टल नामक फेसबूक पेज प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्र हत्या गरेको तथा दशैं खर्च माग गरेको उजूरीको आधारमा वीरगंज महानगरपालिका–१० अशोकवाटिका बस्ने वर्ष २६ का रविकुमार वर्णवाललाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी गराएका छन् ।

यसैगरी, प्रहरीको नाममा रकम उठाएको आरोपमा कलैया–१० मटिअर्वा बस्ने वर्ष ३७ को मनोजकुमार सहनीलाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए ।

नाकामा प्रहरीको नाम लिएर तस्करहरूसँग रकम असुल गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here