प्रस, वीरगंज, २७ असोज/
६८ औं प्रहरी दिवसको अवसरमा शनिवार वीरगंज महानगरपालिका–११ दुर्गाटोल र दुर्गा मन्दिर क्षेत्रमा सरफाइ गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको आयोजना र वडा प्रहरी कार्यालय, श्रीपुरको सहयोग तथा नवरात्रि महोत्सव दुर्गा पूजा सेवा समितिको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको बताइएको छ । वडादशैंलाई मध्यनजर गरी सरसफाइ कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव कुलनारायण प्रधानले बताए ।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी, प्रहरी, कर्मचारीलगायत सहभागी थिए ।