क्यानबेरा, अस्ट्रेलिया, २४ असोज/एपी

जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधवार बताएका छन् ।

उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ ।

४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सिसिटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिइन् ।

 “उनको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो,” प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने । पत्रकार चेड्ढो फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ । यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन ।

अल्बानिजको सरकारले सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here