प्रस, सिम्रौनगढ, २२ असोज/

मासुको मूल्य घटेपछि सिम्रौनगढ बजारका मासुपसलमा ग्राहकहरूको भीड बढेको छ।

साबिक मूल्यमा मासु किन्न ग्राहक कम आउन थालेपछि मासुपसलेबीच प्रतिस्पर्धा बढेको छ। मासुपसलेको प्रतिस्पर्धाका कारण सिम्रौनगढ बजारमा खसीको मासुको मूल्य प्रतिकिलो रु आठ सय र पाठीको मासुको मूल्य प्रतिकिलो रु छ सयमा बिक्री भइरहेको छ। जसको कारण ग्राहकहरूको भीड बढेको छ।

यसभन्दा अघि खसीको मासुको मूल्य प्रतिकिलो रु एक हजार र पाठीको मासुको मूल्य रु आठ सय थियो।

मासुको मूल्य घटेपछि आज मासुपसलहरूमा ग्राहकहरूको भीड लागेको  मासु विक्रेता ओकिल मियाँ चुडिहारले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here