वाशिङ्टन, १५ असोज/एपी

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् ।

युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन् ।

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी काङ्ग्रेसलाई चेतावनी दिंदै समय घर्किंदै गइरहेको चेतावनी दिए ।

 “युक्रेनलाई कुनै पनि कारणले हामीले अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौं,” शनिवार अबेर काङ्ग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रूजवेल्ट रूमबाट बाइडेनले भने ।

 “हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ,” सहयोग बिलको समय मध्य नोभेम्बरसम्मका लागि मात्र रहेको उल्लेख गर्दै उनले भने ।

उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न काङ्ग्रेसलाई आग्रह गरे ।

 “सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रूसबाट भएको क्रूर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्छ,” राष्ट्रपति बाइडेनले काङ्ग्रेसलाई भने, “खेल बन्द गरौं र युक्रेनलाई सहयोग गरौं ।”  

तर अधिकांश विधायकले युक्रेन सहायताका लागि काङ्ग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिंदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् ।

युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here