प्रस, पर्सागढी, १३ भदौ/
वीरगंज महानगरपालिका–३१ मिलनचोकमा प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । पर्साको ग्रामीण क्षेत्र जाने मिलनचोकमा सवारी नियमको पालना नहुने, कागजातविनाका सवारीसाधन सञ्चालनमा रहेका गुनासाको आधारमा प्रहरी चौकी मिलनचोकले आज सवारीसाधनहरूको चेकजाँच गरेको प्रसनि मित्रबहादुर राईले बताए ।
उनले हेलमेट लगाएर मात्र मोटरसाइकल चलाउन र सवारीसाधन आवश्यक कागजातसहित चलाउन सचेत गराएका थिए । धेरैजसोले हेलमेट नलगाएका, कागजात नबोकेको पाइएकाले भोलिदेखि सवारी नियम पालना नगरिएमा कारबाही गर्ने चेतावनी दिएको प्रसनि राईले बताए ।