प्रस, परवानीपुर, १० भदौ/
पर्साको पटेर्वासुगौली गाउ“पालिका– ५ निचुटामा गत साउन ३२ गते बिहान ६ बजे भएको सवारी दुर्घटनाको घटना शड्ढास्पद भएको पीडित परिवारजनले बताएका छन् ।
सो घटनामा परी मृत्यु भएका वीरगंज महानगरपालिका–१ छपकैया सिसौंबारीका २१ वर्षीय राहुल सिंह राजपूतका परिवारजनले शड्ढा व्यक्त गरेका हुन् । प्रतीक दैनिकस“ग कुराकानी गर्दै मृतक राहुलका पिता जयनाथ सिंहले छोराको हत्या भएको आशड्ढा व्यक्त गरे । मोटरसाइकल अनियन्त्रित भई निचुटा र देउरियाको बीचमा भएको पैनीमा पल्टेर उनको छोराको मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले शव बरामद गरी सर्जमिन मुचुल्का गरेको थियो । प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानमा बिहानको समयमा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोकिएर पैनीमा खस्दा उनको टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु भएको उल्लेख छ । तर प्रहरीको सर्जमिन रिपोर्टबाट मृतकका पिता सन्तुष्ट छैनन् र उनले घटनाको पुनः अनुसन्धान हुनुपर्ने माग गरेका छन् । पानीमा शव र मोटरसाइकल हेर्दा मृतक राहुलले चलाएको ना.१८प ४०२८ नम्बरको होन्डा साइन मोटरसाइकलको हेडलाइटको सीसा नफुटेको तर इप्रका, पटेर्वासुगौलीमा मोसा पुगेपछि हेडलाइटको सीसा फुटेको देखिएपछि राहुलको हत्या गरी दुर्घटना झल्काउने प्रयास भएको पिताको आरोप छ । उनले राहुलका साथी देउरियाका विद्यानन्द चौधरी पनि घटनामा संलग्न भएको आरोप लगाएका छन् । राहुल र विद्यानन्द दुवै वीरगंजको औषधि उद्योगमा काम गर्थे । चौधरीको घरमा साउन ३१ गते छठियारको भोज खान सा“झ राहुल, चौधरीकै मोटरसाइकलमा देउरिया गएका थिए । राहुलको मामाघर निचुटा हो । चौधरीको मोटरसाइकल लिएर राति साढे ९ बजे मामाघर निचुटा पुगेका राहुलका साथी विद्यानन्द चौधरीले बिहान ४ बजे ह्वाट्सएपमा फोन गरी देउरिया आउन भनेका थिए । मामाघरबाट बिहान साढे ५ बजे निस्केका राहुलको बीच बाटोमा दुर्घटनामा परी घटनास्थलमैं मृत्यु भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक राजाराम केशरीका अनुसार घटनाबारे विनाआधारका कुरा गरिए तापनि घटना दुर्घटना नै भएको दाबी गरे । मोटरसाइकललाई प्रहरीको गाडीमा लोड गरी थानामा ल्याउने क्रममा हेडलाइटको सीसा फुटेको उनले बताए ।
उनले अनुसन्धानका सबै पाटाबाट हेर्दा दुर्घटना नै हो भनी ठोकुवा गरे । उनले दुर्घटनाबारेमा परिवारजनलाई घटनास्थल देखाएर मुचुल्का उठाइ शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको बताए । परिवारजनले आशड्ढा गर्न सक्छन् तर घटना सबै प्रकृतिबाट दुर्घटना नै हो उनले भने ।