राधेश्याम पटेल, परवानीपुर, १० भदौ/
पर्सा जिल्ला जीराभवानी गाउँपालिका–२ बाट दुई युवती विगत दश दिनदेखि बेपत्ता छन् ।
नातामा दिदीबहिनी पर्ने २२ वर्षीया आशा चौधरी र २१ वर्षीया शोभा चौधरी यही भदौ १ गतेदेखि सम्पर्कविहीन छन् । उनीहरू सो दिन वीरगंज महानगर–११ स्थित डेराबाट डेरी जाँदैछु भनेर निस्किएका थिए र अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । आशा र शोभा दुवैजना पर्सा जिल्ला अदालतअगाडि रहेको डेरीमा काम गर्थे । आशाभन्दा शोभा एक वर्ष कान्छी हुन् र नातामा आशा शोभाकी फुपूको छोरी हुन् । दुवैजना वीरगंज–११ श्रीपुरमैं शोभाकी आमा आशा थरुनीको डेरामा बस्दै आएका थिए । शोभाका अन्य भाइबहिनीलाई वीरगंजमा पढाउन उनीहरू श्रीपुरमा डेरामा बस्दै आएका थिए ।
उनीहरू तीन वर्षदेखि डेरामा स“गै बस्दै आएका थिए । आशा कक्षा ११ उत्तीर्ण हुन् भने शोभा माध्यमिक परीक्षा उत्तीर्ण छिन् ।
आशाको विवाहको कुरा केही महीनादेखि घरपरिवारमा चल्दै थियो । दुवै बेपत्ता भएपछि उनीहरू अरू केटास“ग प्रेममा परी भागेका हुन् कि समलि·ी सम्बन्धका कारण भागेका हुन् यो कुराको टु·ो भने लागिसकेको छैन । तर छिमेकीहरूले दुवै समलि·ी सम्बन्धका कारण भागेको हुन सक्ने बताउ“छन् । आशाकी आमा परिवारले उनको विवाहको लागि वर खोजिसकेको भनेर वीरगंज डेरामा लिन आएकी थिइन् । आशाको आमा तुरादेवी थरुनीले आशाको लागि केटा हेरिसकेकोले छोरीलाई बोलाउन केही दिनअघि वीरगंज आएको तर आशाले केटा बूढो छ भनी विवाह गर्न अस्वीकार गरेको बताइन् । आफूले विवाहको कुरा चलाएपछि आशा अलि रिसाएकी र सामान्य झगडा पनि गरेकी उनले बताइन् । उनले आशा र शोभाले स“गै जीवने बा“च्ने सल्लाह गरेको कुरा आफूले घरपरिवारमा सुनेको तर मजाकमा लिएको बताइन् । दुवैजना बेपत्ता भएपछि आफू चिन्तित भएको बताएकी छन् । उनले समलि·ी सम्बन्धको बारेमा आफूलाई त्यत्ति थाहा नभएको तर दुवैबीच हेलमेल बढी रहेको बताइन् ।
उनले समलि·ी सम्बन्ध भएपनि आफूले परिवारमैं बस्न दिने बताइन् । शोभाकी आमाले पनि छोरीहरूलाई घर फर्कन आग्रह गरेकी छन् । उनले डेरीमा काम गर्ने भएकाले केटाहरू पनि यो घटनामा संलग्न नहोलान् भनेर भन्न नसकिने भन्दै प्रहरीलाई यसबारेमा छानबीन गरेर खोजी ल्याउन आग्रह गरेकी छन् ।