प्रस, वीरगंज, ३ भदौ/
नेशनल जर्नलिस्ट आइ बिहार, रक्सौलको आयोजनामा हत्या गरिएका पत्रकार विमलकुमार यादवको श्रद्धाञ्जलिसभा रक्सौलमा सम्पन्न भएको छ ।

अररिया जिल्लाको रानीगंज निवासी पत्रकार यादवलाई केही दिनअघि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । दोषीलाई कारबाईको मागसहित २५ लाख रुपैयाँको क्षतिपूर्ति तथा योग्यता अनुसार परिवारका सदस्यको जागीरको माग गरिएको छ ।

कार्यक्रममा पत्रकारहरूले मौन धारणपछि मन्तव्य राखेका थिए । एनजेआईका अनुमण्डल संयोजक विपिन कुशवाहाको अध्यक्षतामा भएको श्रद्धाञ्जलिसभामा पत्रकार दीपक अग्निरथ, नवीनकुमार सिंह, विएन कुशवाहा, लक्ष्मीकान्त त्रिपाठी, सुबोध कुमार, महम्मद साहिल अन्सारी, अवधेशकुमार शर्मा, विकाश शर्मा, सन्दीपकुमार, सञ्जय कुशवाहालगायतले धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here