वाशिङ्टन डिसी, २ भदौ/एएनआई
अन्य अमेरिकी नेताहरूभन्दा एकदम फरक विचारका साथ भारतीय मूलका अमेरिकी सांसद विवेक रामास्वामीले रूस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र कीभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्न सकिने बताएका छन् ।

केबल न्यूज नेटवर्कसँगको कुराकानीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रूस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरुद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपति निर्वाचित भएपछि मस्को भ्रमण गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिड्ढो साथ छाड्न रूसी राष्ट्रपतिलाई मनाउनुपर्नेमा जोड दिए ।

युक्रेनसँगको अमेरिकी संलग्नताले रूसलाई ‘चिनियाँ हतियार’तर्फ धकेलिरहेको बताउँदै उनले पुटिन आधुनिक चीनका निर्माता माओत्से तुङजस्तै भएकाले उनलाई चीनसँगको सैन्य गठबन्धनबाट बाहिर निकाल्न अपरिहार्य भएको बताए । “हामीले पुटिन पनि नहारून्, हाम्रो पनि पराजय नहोस्” भन्ने हिसाबले अमेरिकाले काम गर्नुपर्ने उनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here