प्रस, वीरगंज, ३१ साउन/
वडा प्रहरी कार्यालय, बिर्ताले बिबिएस दोस्रो वर्षको परीक्ष्Fा पुस्तिका परिवर्तन गर्न खोज्ने दुईजनालाई पक्राउ गरेको छ ।
वप्रका, बिर्ताका प्रहरी निरीक्ष्Fक विदुर शिवाकोटीले त्रिजुद्ध माविमा सञ्चालन भइरहेको ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत बिबिएस दोस्रो वर्षको परीक्ष्Fाको क्रममा बुधवार बिहान बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिका साट्ने क्रममा ठाराब क्याम्पस परीक्ष्Fा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध माविका परीक्ष्Fा प्रमुख वीरेन्द्र स्वर्णकारलाई पक्राउ गरिएको बताए ।
उनले परीक्ष्Fा सकिएपश्चात् उत्तरपुस्तिका दिने बेलामा परीक्ष्Fा केन्द्र प्रमुख स्वर्णकारलाई बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिका दिने क्रममा यादवसहितलाई पक्राउ गरिएको प्रनि शिवाकोटीले बताए । ठाराब क्याम्पसको पूर्व परीक्ष्Fा शाखा प्रमुख यादव हाल हरि खेतान बहुमुखी क्याम्पसमा परीक्ष्Fा शाखा प्रमुखमा कार्यरत छन् । सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएको हो ।
ठाराब क्याम्पसमा विद्यार्थीहरूले आर्थिक चलखेलमा उत्तरपुस्तिका साट्ने कार्य गर्दै आएको कुरा प्रहरीलाई प्राप्त भएपछि आज यससम्बन्धी निगरानी गर्दा यादव र स्वर्णकार रङ्गेहात पक्राउ परेको प्रनि शिवाकोटीले बताए । दुवैजनालाई कारबाईको लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । उनीहरूमाथि शिक्षा ऐन २०२८ को दफा १७ अनुसार प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको परीक्ष्Fा दिएमा वा परीक्ष्Fाको मर्यादा भङ्ग गरेमा संलग्न कसूरवारलाई मात्रा हेरेर एक लाख जरिवाना, छ महीना कैद वा दुवै हुन सक्ने व्यवस्था छ । यही दफा अनुसार दुवैजनामाथि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता दीपक गिरीले पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको बताए ।