बलिराम शुक्ला, बिरुवागुठी, ३१ साउन/
पर्सागढी नगरपालिका–१ मनवा बजारमा बुधवार निश्शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।

पर्सागढी नपाको आयोजना, अभियान डिजिटल वल्र्ड प्रालिको सहयोग र वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा २०४ जनाले चेकजाँच गराएका थिए । सोमध्ये ८६ जनामा मोतीबिन्दु भेटिएको र उनीहरूको निश्शुल्क शल्यक्रिया गरिने आँखा रोग विशेषज्ञ महेशसिंह धामीले बताए ।

नगरप्रमुख गोकर्ण पाठकले ग्रामीण भेगमा मोतीबिन्दुका रोगीहरू बढिरहेको र उनीहरू उपचारका लागि वीरगंज नजाने गरेकाले शिविरको आयोजना गरिएको बताए । उनले आँखासम्बन्धी जटिल रोग लागेकाहरूको निश्शुल्क शल्यक्रिया गरिने बताए । अत्यधिक गर्मीका कारण अहिले आँखा पाक्ने रोग देखिएकाले आँखा चेकजाँच गराउन उनले सुझाव दिए ।

शिविरमा मेडिकल संयोजक डा नयन यादव, शिविर संयोजक प्रेम घिमिरे, वडा नं १ का अध्यक्ष राजकपूर खवासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here