प्रस, वीरगंज, २८ साउन/
पर्सा जिल्लाका १४ वटा पालिकामध्ये नौवटा पालिकाले रु २१ करोड २४ लाख रकम कोलेनिकामा फिर्ता पठाएका छन् भने वीरगंज महानगरसमेत पाँचवटा पालिकाले अहिलेसम्म रकम फिर्ता नपठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय, वीरगंजले जनाएको छ ।

आव २०७९/८० मा कोलेनिका, पर्साबाट विकास कार्यका लागि निकासा लिएका रकममध्ये साउन १५ गतेभित्र सबै स्थानीय तहले आआफ्नो प्रतिवेदन बुझाउनुपर्ने नियम रहेकामा सो अवधिमा पाँचवटा पालिकाले खर्च विवरण प्रतिवेदन पेश नगरेको कोलेनिकाले जनाएको छ ।

कोलनिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बहुदरमाई नपाले रु तीन करोड ३७ लाख ५३५, ठोरी गापाले रु ८५ लाख ३३ हजार ५८, पर्सागढी नपाले रु एक करोड ५७ लाख १६ हजार ७१२, विन्ध्यवासिनी गापाले रु तीन करोड आठ लाख ४३ हजार १४२, जगरनाथपुर गापाले रु एक करोड १७ लाख २६ हजार २९, पटेर्वासुगौली गापाले रु दुई करोड ४३ लाख ३५ हजार ९१३, धोबनी गापाले रु दुई करोड ५२ लाख ६२ हजार १६, पोखरिया नपाले रु तीन करोड दुई लाख ५३ हजार ६३, कालिकामाई गापाले रु दुई करोड ९२ लाख ५२ हजार ३४६ रकम फिर्ता गरेका छन् ।

तर वीरगंज महानगर, पकहामैनपुर, छिपहरमाई, जीराभवानी र सुखवाप्रसौनी गापाले अहिलेसम्म कोलेनिकामा फिर्ता गर्नुपर्ने रकम फिर्ता गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here