लुसाका, २७ साउन/सिन्ह्वा
जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार गएको २४ घण्टामा सो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँ हैजाबाट एकजनाको ज्यान गएको छ भने अरू आठजना अस्पतालमा गम्भीर अवस्थामा रहेका बताइएको छ । जाम्बियाको पूर्वी जिल्लामा हैजाको प्रकोप फैलिंदै गएको पाइएको बताइएको हो । आइतवारसम्म यहाँ यसका सङ्क्रमितहरू ३६ जना पुगेका र दिन प्रतिदिन बढ्दै गएकाले हैजाको नियन्त्रणका लागि यहाँका स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरिएको छ ।

मलावीको सीमा क्षेत्रमा पर्ने उक्त जिल्लामा हैजाको प्रकोप बढ्दै गएको र सो जिल्लामा हैजाविरुद्धको खोप दिने काम भइरहेको जाम्बियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सो क्षेत्रमा गत महीनादेखि नै यसको प्रकोप बढेको र त्यसपछि स्वास्थ्यकर्मीहरू खटाएर यसको उपचार र थप सतर्कता अपनाइएको भन्दै यहाँका १५ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई हैजाका विरुद्धको खोप दिइएको सो मन्त्रालयले जनाएको छ ।

जाम्बियामा विगतका वर्षहरूमा पनि हैजाको प्रकोप फैलिने गरेको थियो । त्यसैले यहाँका स्वास्थ्य अधिकारीहरूले आम नागरिकलाई खानपिन र स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here