प्रस, वीरगंज, २६ साउन/
नेपाली काङ्ग्रेसको विशेष आन्तरिक अभियान अन्तर्गत क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ पर्साको बैठक शुक्रवार सम्पन्न भएको छ । नेकाको साङ्गठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म विशेष आन्तरिक अभियान सञ्चालनका लागि केन्द्रीय परिपत्र अनुसार आज क्षेत्रीय समिति क्षेत्र नं १ मा बैठक भएको हो ।

बैठकमा उपसभापति रामनारायण कुर्मीले केही व्यक्तिका कारण नेकाका उम्मेदवारहरू धेरै ठाउँमा हारेको भन्दै त्यस्तालाई कारबाही हुनुपर्ने र पार्टीबाट निकाल्नुपर्ने बताए । उनले कारबाही प्रक्रिया पनि पार्टी सुदृढीकरणको एउटा पाटो भएको बताए ।

नेका पर्साका सचिव एवं उपप्रमुख इम्तियाज आलमले आगामी दिनमा नेका पार्टीलाई एक ढिका बनाएर लैजानुपर्ने बताए । उनले नेका गुट–उपगुटका कारण कमजोर हुँदै गएको भन्दै सबैलाई एक भएर अगाडि बढेको खण्डमा नेका पुरानो स्वरूपमा बलियो पार्टी हुने दाबी गरे । उनले आगामी चुनावमा महानगरमा बहुमतका साथ नेकाले जित्ने दाबी गरे ।

बैठक नेका पर्सा क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिलप्रसाद सिंहको अध्यक्षतामा बसेको थियो भने केन्द्रीय सदस्य किरण सरकार, नेका पर्साका नेता श्याम पोखरेल, लक्ष्मीनाथ नेपाल, प्रकाश उपाध्याय, रम्भा मिश्र, धर्मराज यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here