प्रस, वीरगंज, २५ साउन/
पीडित लेनदेन सङ्घर्ष समितिको तर्फबाट बिहीवार वीरगंजमा पत्रकार सम्मेलन गरेर स्थानीय प्रहरी, प्रशासनको कामकारबाहीप्रति आपत्ति जनाइएको छ ।

समितिका अध्यक्ष वीरगंज महानगरपालिका–११ निवासी सुनील पाण्डेले अधिकृतरूपमा नियम कानून बमोजिम कारोबार गर्नेहरूलाई पनि मिटरब्याजी भनी स्थानीय प्रहरी, प्रशासनले बदनाम गरेको आरोप लगाए । उनले दिएको साँवाभन्दा बढी ब्याज लिएकाहरूलाई मिटरब्याजीको रूपमा कारबाही प्रक्रिया अगाडि बढाउनु जायज भएपनि अधिकृतरूपमा बैंकबाट ब्याज लिएर चेक र नगद दिएको तर ब्याज त के साँवा पनि नपाएकाहरूलाई पनि प्रहरी, प्रशासनले उजूरी मात्रको आधारमा मिटरब्याजी भनी कारबाही प्रक्रियामा राख्नु गलत भएको बताए ।

उनले आफूले बैंकबाट तीन करोड ऋण लिएको, तीनवटा सहकारीमा लगानी गरेको र आफूसँग चेक अनि नगद लिनेहरूले प्रहरी, प्रशासनमा मिटरब्याजी भनी आरोप लगाएर उजूरी मात्र दिएको आधारमा छानबीन नगरेर सोही प्रक्रियामा कारबाही अगाडि बढाएकामा आपत्ति व्यक्त गरे । उनले उजूरीको छानबीन गर्ने, अनुसन्धानबाट दोषी देखिनेलाई सो प्रक्रियामा राखेर कानूनी कारबाही गरिनु उचित भएपनि आफूसरह कैंयनलाई उजूरी मात्रको आधारमा डर, धाक, धम्की दिने र मिटरब्याजी भनेकामा सो कार्य गलत भएको तर्क गरे । उजूरीकर्ताले नगद बुझेको भनेर आरोप लगाउँदा मान्य हुने तर रकम दिनेले दिएको नगदलाई कारोबारमा नराख्ने कार्य पनि प्रहरी, प्रशासनको कार्य दोषपूर्ण रहेको उनले जिकिर गरे । उनले अदालतमा विचाराधीन रहेको, अदालतबाट यसअघि फैसला भएका मुद्दाहरूमा पनि मिटरब्याजी भनेर पर्साका प्रहरी, प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाए ।

समितिका उपाध्यक्ष वीरगंज–१४ निवासी राजेश पटेलले मिटरब्याजी भन्ने अनि केहीलाई अहिले कानून बनिसक्दा पनि अभद्र व्यवहार र सार्वजनिक अपराधका मुद्दा लगाएकामा विरोध गरे । उनले कसूर अनुसारको सजाय हुनुपर्नेमा प्रहरी, प्रशासनले मिटरब्याजीमा कारबाही नगरेको आरोप लगाए । प्रशासनले साहु बनाएकाहरू कतै ऋणी छन्, उनीहरूले बैंकबाट ऋण निकालेर कारोबार गर्दै आएका तर प्रहरी, प्रशासनले सोसम्बन्धी कुनै प्रमाण नबुझेर एकतर्फी निर्णय गरिरहेको दोषारोपण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here