प्रस, निजगढ, २५ साउन/
‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ नाराका साथ सामुदायिक वन दिवस बारामा वृक्षारोपण गरी मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले अढाई दशकअघि सरकारले ल्याएको अवधारणा अनुसार नै सामुदायिक वन समूह हस्तान्तरणले अहिले वन क्षेत्रको अवस्थामा व्यापकरूपमा सुधार आएको दाबी गरे । उनले आफू पनि सामुदायिक वन उपभोक्ता समूहको जिम्मेवार पदमा रहेर लामो समय वन क्षेत्रको संरक्षणमा लागेको बताए । वन क्षेत्रको संरक्षणमा इमानदारिता, लगनशीलता, पारदर्शिता महŒवपूर्ण पाटो रहेको उनले बताए । दुई/चार वटा वन समूहले सरकारको नीतिअनुरूप काम गर्न नसके पनि सबै सामुदायिक वन समूहलाई एउटै नजरले हेर्न नहुने उनको तर्क थियो । सबैको हातेमालोले नै वन क्षेत्रको संरक्षण, विकास, संवद्र्धन, प्रवद्र्धनमा टेवा पुग्ने भएकाले एकअर्कालाई सहयोग गर्दै अघि बढ्न उनले सुझाए ।

कार्यक्रममा डिभिजन वन कार्यालय, बाराका प्रमुख विनोद सिंहले नेपालको सामुदायिक वन अन्य कैयौं देशका लागि नमूनाका रूपमा रहेको बताए । उनले यसको संरक्षण, विकास, संवद्र्धन, प्रवद्र्धन विधि, पद्धति, जनसहभागितालाई हेरेर संसारका कैयौं मुलुकबाट अहिले अध्ययन गर्न नेपाल आइरहेको बताए । सामुदायिक वन संरक्षणको लामो अनुभुवलाई लिएर अन्य कैयौं मुलुकबाट विद्वान्, विज्ञहरूले पुस्तक तयार गरी वार्षिक करोडौं रकम आर्जन गर्ने गरेको उनले बताए । वन संरक्षणका फाइदा हाम्रो देशका नागरिकले मात्र नभई संसारका धेरै मानिसले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अक्सिजन प्राप्त गरी फाइदा लिइरहेको उनले बताए । मानवजगत्, जीवजन्तु, चराचुरुङ्गीलगायत प्राणीहरूका लागि वनजङ्गलको संरक्षण, विकास अनिवार्य शर्त रहेको उनले बताए । वनजङ्गलविना पृथ्वीको कल्पना गर्न पनि गा¥हो हुने भन्दै जलवायु परिवर्तनलाई रोक्न वा सन्तुलित बनाइरहन वनको संरक्षणको अर्को कुनै विकल्प नरहेको उनको तर्क थियो । नेपालमा सङ्गठितरूपमा लागि परिरहेका सामुदायिक वन संरक्षणले विश्व वातावरण, जैविक विविधतालाई टेवा पु-याइरहेको भन्दै सामुदायिक वन समूहहरू आफैंले पनि वन प्राविधिक राखेर समूहको कार्य गर्नुपर्ने अति आवश्यक देखिएको उनले बताए ।

उपप्रमुख सोममाया थिङले सामुदायिक वन अवसर र चुनौती दुवै रहेकाले आम उपभोक्ताहरूलाई आफ्नै वन हो भन्ने अनुभूति दिलाउन सरोकारवाला सम्बन्धित निकायले सुरक्षा, संरक्षण, विकास, संवद्र्धन, प्रवद्र्धनका लागि सकारात्मकरूपमा सहजीकरण गर्दै जानुपर्ने बताइन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, बाराका अध्यक्ष रामजी बजगाईंले सामुदायिक वन संरक्षणमा भए गरेका झन्झटिला प्रणाली, कार्यशैलीलाई सुधार गर्दै जानुपर्ने औंल्याए । सामुदायिक वन समूहबाट जबसम्म आम उपभोक्ताले आवश्यकता पर्दा सहजरूपमा काठ, दाउरा, स्याउला, घाँस जस्ता वन पैदावर पाउँदैनन्, तबसम्म आफ्नो वन हो भन्ने कुराको अनुभूति गर्न नसक्ने अध्यक्ष बजगाईंको भनाइ थियो ।

सिर्जनशील वन उपभोक्ता समूह, निजगढ–६, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ बारा, नगर महासङ्घ निजगढ र डिभिजन वन कार्यालय बाराको संयुक्त आयोजनामा निजगढमा वृक्षारोपण गरिएको थियो । जनसिर्जनशील सामुदायिक वन उपभोक्ता समूहको पार्क परिसरमा पाप, चाइनिज पाम, वरपीपललगायतका बिरुवा रोपिएका थिए । वन समूहका अध्यक्ष कुशबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रामकुमार सिग्देलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here