मानवीय क्रियाकलापको असरबाट हुने कार्बन उत्सर्जनको कारण जलवायु परिवर्तन भइरहेको छ । जलवायु परिवर्तनले गर्दा पृथ्वीको तापक्रम वृद्धि भई मानवको अस्तित्व सङ्कटमा पर्न सक्छ । जलवायु परिवर्तनले पृथ्वीमा पानीको कमी हुँदै जानेछ । यसले खाद्य सामग्री उत्पादनमा गा¥हो हुन्छ । खाद्य सामग्रीविना मानवजीवन कठिन छ । केही स्थानहरूमा सहनै नसकिनेरूपमा नै अत्यधिक गर्मी हुन सक्छ । पृथ्वीका ध्रुवमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिनेछन्, जसले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा हुन्छ । विज्ञहरूका अनुसार स्थायी हिउँ हुने स्थानका हिउँ पग्लँदा त्यहाँबाट मिथेन ग्याँस निस्कन्छ । जसले जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ । हिमाल पग्लिएर समुद्री सतह बढ्न जाँदा तटीय क्षेत्रहरू डुबानमा पर्ने र थलचर प्राणी तथा मानवजाति बसोबास गर्नै नसक्ने हुन सक्छ । चर्को गर्मी, आँधी, मुसलधारे वर्षाले निरन्तरता पाउने मानवको जीविका र जीवनलाई खतरा हुन्छ । यस्तो अवस्थाबाट गरीब देशका मानिसहरू धेरै प्रभावित हुनेछन् ।

जलवायु परिवर्तनको कारक तŒव र यसको असरबाट मानव तथा प्राणी जगत्मा पुग्ने क्षतिबारे अविकसित गरीब मुलुकहरूलाई भन्दा पनि विकसित धनी मुलुकहरूलाई बढी थाहा छ । कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पनि उनीहरू जारी गर्छन्, तब पनि कार्बन उत्सर्जन फैलाउनमा उनीहरूबीच प्रतिस्पर्धा चलिरहेकै छ । सहमति तोड्न र आरोप–प्रत्यारोपमा उनीहरू समय बर्बाद गरिरहेका छन् । कार्बन उत्सर्जन गर्ने विश्वका धनी तथा शक्तिसम्पन्न मुलुकहरू चीन र अमेरिका हुन् । यसपछि विकसित मुलुकहरू लाइनमा छन् । हालै अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगायो । आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको अमेरिकाको आरोप छ । यसअघि चीनले पारस्परिक सम्मानमा चीन–अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको, जलवायुसम्बन्धी मुद्दामा पनि बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने बताएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद विगतदेखि नै हो । प्रतिबद्धताबाट चीन भड्कियोस् र विश्व समुदायबाट एक्लियोस् भन्ने उद्देश्यका साथ अमेरिकाले पनि चीनलाई चिढाइरहेको छ । यी दुई मुलुकका कारण अन्य मुलुकहरूले पनि कार्बन उत्सर्जनमा गम्भीरता देखाएका छैनन् । सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने र सन् २०६० सम्ममा कार्बन न्यूट्रल बन्ने विश्व जलवायु कोप–२६ सम्झौताको लक्ष्य छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २००६ सम्म कार्बन उत्सर्जनमा चीनभन्दा अमेरिका अगाडि थियो । त्यसयता चीनले उछिनेको छ । सन् २०२१ मा अमेरिका र चीनले जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्ने र आफूहरू कार्बन उत्सर्जन कम गर्नका लागि विशेष काम गर्न सहमत भएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । अमेरिका र चीनका जलवायु परिवर्तन विशेषदूत जोन केरी र सी झेनहुआबीच चीनको सङ्घाईमा वार्तापछि जारी प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेन । जेहोस् यी दुई शक्तिराष्ट्र कार्बन न्यूनीकरणको सवालमा एक नभएसम्म जलवायु परिवर्तन न्यूनीकरण सम्भव छैन । यसको निम्ति विश्वका हरेक राष्ट्रले पिछलग्गु बन्ने भन्दा पनि दबाब दिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here