प्रस, वीरगंज, ७ साउन/

पर्सा जिल्लामा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका छन् भने १७७ वटा उद्योगको दर्ता खारेजी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, पर्सा वीरगंजकी सूचना अधिकृत सरिता खड्काले आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका र १७७ वटा पुराना उद्योगको लगत कट्टा गरिएको बताइन् ।

उनले सो आवमा एक हजार २७५ वटा उद्योगको नवीकरण गरिएको, १६५ वटा उद्योगको पूँजी वृद्धि गरिएको, ३३ वटा उद्योगको ठाउँसारी भएको, ३२ वटा उद्योगको नाम संशोधन भएको, छवटा उद्योगको शाखा विस्तार भएको, ८४ वटा उद्योगको नामसारी भएको र ३६ वटा उद्योगले उद्देश्य थप गरेको बताइन् ।

सूचना अधिकारी खड्काले पर्सा जिल्लामा दर्ता भएका उद्योगहरूमध्ये ४५० वटा उद्योग महिलाबाट र ६५४ वटा उद्योग पुरुष उद्यमीबाट सञ्चालन भएको बताइन् । उनले यी उद्योगबाट एक हजार २१३ जना महिला र तीन हजार २४७ जना पुरुष प्रत्यक्ष रोजगारमा रहेका जानकारी गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here