प्रस, वीरगंज, ६ साउन/

वीरगंज महानगरपालिका कार्यालयले शनिवारदेखि आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैंक रहेको स्व शिवप्रसाद साहको भवनमा पनि डोजर चलाएर भत्काउन शुरू गरेको छ ।

मुख्य नालामाथि बनाइएको संरचना हटाउने क्रममा आज कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनमा डोजर चलाएको महानगरले जनाएको छ ।

यसअघि साउन २ गतेदेखि सो भवनदेखि उत्तरतर्फ मुख्य नालामा बनेको क्लासिक होटलमा डोजर चलाएर भत्काइएको थियो ।

बैंकले कार्यालय सार्नका लागि शुक्रवारसम्मको समयसीमा माग गरेको र सो भवनबाट बंैकका सामानहरू निकालिएपछि आजदेखि डोजर चलाउन शुरू गरिएको महानगरले जानकारी गराएको छ ।

मुख्य नालामाथि बनेको महानगरपालिका कार्यालयले दाबी गरे पनि सो नालामाथिको क्षेत्र तत्कालीन पशुपतिनगर निर्माण समितिले बोलकबोलबाट २०२६ सालमा बिक्री गरेको थियो । समितिले बिक्री गरेको जग्गा मालपोत कार्यालय, पर्साबाट २०३१ सालमा रजिस्ट्रेशन भएको थियो भने तत्कालीन नगरपञ्चायत हालको महानगरपालिका कार्यालयबाट घरनक्शा पास गरेर क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन खडा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here