प्रस, वीरगंज, ५ साउन/

पर्सा र बारामा मिटरब्याजीविरुद्ध निवेदन दर्ता गराएका निवेदकहरू नै अहिले बेपत्ता हुन थालेपछि मुद्दा छिनोफानो प्रक्रियामा समस्या हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराएका निवेदकहरूलाई बोलाउँदा नआउने गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेले बताए ।

नेपाल सरकारले मिटरब्याजी सम्बन्धी जिल्लामा गठित न्याय समितिलाई दुवै पक्षलाई बोलाइ मुद्दा छिनोफानो निर्देशन गरेको छ । निवेदकका माग अनुसार तथा पीडकसँग सहमति गराए पनि साहुलाई दिनुपर्ने रकम निवेदकसँग नभएपछि उनीहरू बेपत्ता हुन थालेका प्रनाउ पाण्डेले बताए । उनले पहिला पीडक बेपत्ता हुने गरेकामा अहिले पीडित भनिनेहरू बेपत्ता भएका बताए ।

उनले आर्थिक अवस्था कमजोर भएकाले ऋण लिने र तिर्न नसकेपछि मिटरब्याजीविरुद्ध निवेदन दिने गरेको बताएका छन् । ऋण लेनदेन गर्ने दुवै पक्ष्ँलाई बोलाएर छलफल गराइ बाँकी तिर्नुपर्ने रकम तिर्न भनेपछि पीडित भनिएकाहरू नै बेपत्ता हुन थालेका बताए ।

पीडित भनिएकाहरूले नै मिटरब्याजीविरुद्ध उजूरी दिएपछि अहिले गाउँमा सरसापटी तथा ऋण पाइने गरिएको छैन । प्रनाउ पाण्डेले मिटरब्याजीसम्बन्धी मुद्दामा निवेदन पर्नुअघि नै अदालतले टु·ो लगाएको विषय पनि अहिले थप चुनौती बन्ने गरेको बताए । दुःख दिने नियतले पनि धेरैले साहुविरुद्ध मिटरब्याजीको आरोप लगाउँदै निवेदन दिने गरेका उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here