नितेश कर्ण, वीरगंज, ६ साउन/
जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा रहेकी एकजना महिलाको मृत्यु भएको छ ।
चक्रघट्टा गाउँपालिका–८ की ४० वर्षीया हजरत खातुनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कैलाश राईले बताएका छन् ।
बिहीवार राति १० बजे खातुनले शौचालयमा आत्महत्याको प्रयास गरेको प्रनाउ राईले बताए । प्रादेशिक अस्पताल मल·वामा महिलालाई लैजाँदा उनको मृत्यु भइसकेको उनले बताए ।
साउन १ गते साँझ ७ बजे मल·वा नपा–८ झिलिमिलियामाईनजीकै नेपाल–भारत सीमा क्ष्ँेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रु पाँच लाख चार हजार र ५७७ ग्राम चाँदीसहित चक्रघट्टा गाउँपालिका–८ का ३२ वर्षीय रामकेवल राय र सोही ठाउँकी ४० वर्षीया हजरत खातुनलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूलाई बुधवार भन्सार कार्यालय, मल·वामा बुझाएको थियो । मलङ्गवा भन्सारले बिहीवार हजरत खातुनलाई रु तीन लाख ३९ हजार धरौटी तोकेकोमा खातुनले धरौटी तिर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय, मलङ्गवाको हिरासतमा पठाएको थियो ।
हिरासतमा रहेकी खातुनले बिहीवार राति शौचालयमा गई सलको पासो लगाइ आत्महत्याको प्रयास गरेको ड्युटीमा रहेका प्रहरीले थाहा पाएपछि उपचारका लागि प्रादेशिक अस्पताल, मलङ्गवा पुर्याएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको थियो । प्रनाउ राईले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।