प्रस, परवानीपुर, २८ असार/

पर्सा, पकाहामैनपुर गाउँपालिका–४ श्यामपुर भेलाहामा हालै निर्माण गरिएको नालाबाट जनताले झन् सास्ती भोग्नुपरेको छ ।

गापाको रु १० लाखको बजेटमा निर्माण गरिएको १९२ फिट लम्बाइको सडकका दुवै छेउको नालाले गर्दा सो गाउँमा पानीको निकास रोकिएको छ ।

सुरेश पासवानको घरदेखि विक्रम पटेलको घरसम्म निर्माण भएको नाला २८ इन्च चौडाइको छ । नालामा २० इन्चका दुईवटा वाल र आठ इन्चमा पानी बग्ने सतह निर्माण गरिएको छ । सो क्ष्Fेत्रको सडकका दुवै छेउमा नाला निर्माण भएपछि सडकको पानी सडकमंै जम्ने गरेको छ । जसले गर्दा १० फिट चौडा सडक भएर आउजाउ गर्न गाउँलेलाई समस्या भइरहेको प्रमेन्द्र पासवानले गुनासो गरे ।

टोलवासीले गापा र वडा कार्यालयले सडकको पानीको निकास गर्न वा माटो पुरी ग्राभेल गरेर तत्काल समस्या समाधान गर्न माग गरेका छन् । यस विषयमा वडासदस्य सञ्जु देवीका पति सुरेश पासवानले यस वर्ष बजेट सकिएकोले आगामी वर्ष मात्र सडक निर्माणको काम हुने जानकारी गराए । उनले चार/पाँच वर्षदेखि गाउँवासीले समस्या खेप्दै आए पनि सडकमा जमेको पानीको निकासको लागि ठाउँ–ठाउँमा होल बनाइ पानीको निकास दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here