प्रस, वीरगंज, २० असार/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वैभव वीरगंज बनाउने अभियान नरोकिने बताएका छन् ।

वीरगंज महानगरपालिकाले वडा नं ५ मा आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा नगरप्रमुख सिंहले आफूले गलत नगर्ने र गलत कुराको खुलेर विरोध गर्ने बताए । उनले सबै नगरवासीलाई गलत कार्यविरुद्ध खुलेर आवाज उठाउन आग्रह गरे । नगरप्रमुख सिंहले भूमिगत पानी रिचार्ज नहुँदा गर्मीयाममा पिउने पानीको समस्या देखा परेको बताए ।

वीरगंजलाई नमूना शहरको रूपमा विकास गर्न नगरवासीको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

नगरको सरसफाइ, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका विसङ्गतिहरूको अन्त्य गर्ने अभियानमा महानगर जुटेको उनले बताए । नगरप्रमुख सिंहले वीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको सौन्दर्यीकरण गर्दै पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले काम गरिरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरले प्रदान गर्ने सेवा र सुविधालाई एकीकृतरूपमा नगरवासीबीच पुर्याउन ८० करोडको लागतमा ११ तले कार्यालय भवन निर्माणका लागि डिपिआर बनिसकेको तर स्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा तत्काल समस्या रहेको बताए । उनले कर्मचारीहरूको दरबन्दी कम हुँदा काम गर्न समस्या भएको बताउँदै महानगरपालिकामा समेत विगतमा बिचौलियाहरूले सेवाग्राहीलाई दुःख दिने गरेकामा अहिले त्यस्ता गतिविधिमा रोक लागेको दाबी गरे ।

वडाध्यक्ष प्रदीप चौरसियाले नगरवासीको चाहनाअनुरूपको काम भइरहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here