प्रस, वीरगंज, १४ असार/

दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा रौतहट र बारा भिड्ने भएका छन् ।

बिहीवार बेलुका सिमरा रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहट फाइनलमा पुगेको हो । टाइब्रेकरमा रौतहटले सर्लाहीलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टीमले एक/एक  गोल गरेपछि टाइब्रेकरबाट नतीजा निकालिएको थियो ।  उक्त खेलको ‘म्यान अफ दी म्याच’ रौतहतका नीरज धामी घोषित भए ।

शनिवार हुने फाइनल खेलमा रौतहट र बाराबीच भिडन्त हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा सिराहालाई टाइब्रेकरमा पराजित गर्दै बारा फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले भने सिराहासँग तेस्रो स्थानको लागि आज प्रतिस्पर्धा गर्दैछ ।

मधेस प्रदेश फूटबल सङ्घको आयोजना, बारा जिल्ला फूटबल सङ्घको सहआयोजना तथा मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here