असम, ८ असार/एएनआई
असमको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करीब दुर्ई लाख ६१ हजार मानिस बाढीबाट प्रभावित भएका छन् ।
पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँँ डुबानमा परेका छन् ।
बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उपडिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ ।
अर्काेतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ ।
प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् । बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ । अर्काेतर्फ असमको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ ।
आसामको कोकराझार जिल्लामा बिहीवार मडाती नदीको बाढीले गोसाइँ गाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ । रासस